h

News

गणेशबहादुर राईलाई ‘नइ धनरूप पुरस्कार’

2015-08-24

news

झन्नै आधा शताब्दीसम्म शिक्षण सेवामा संलग्न रहँदै नेपाली भाषा साहित्यमा समेत समर्पित श्री गणेशबहादुर राईलाई ‘नइ धनरूप पुरस्कार’ समर्पित गरिएको छ ।
रूपनारायण प्रसाई र धनमाया प्रसाईका सम्मानमा स्थापित यो पुरस्कार काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषाको सेवा गर्ने साधकलाई प्रदान गरिदै आएको छ ।   
राईलाई उहाँकै निवास्थान भक्तपुरको कटुञ्जेमा ९० वर्षीय समाजसेवी रूपनारायण प्रसाईले ताम्रपत्र सहित बीस हजार रूपियाँ राशिको सो पुरस्कार प्रदान गर्नु भएको थियो । ७८ वर्षीय राई प्यारालाइसिसका कारण गत बर्षदेखि थला पर्नु भएको छ ।

राईले ताप्लेजुङको शिक्षासेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँ पाँच वर्षसम्म हङकङमा पनि शिक्षण सेवामा संलग्न रहनु भयो । उहाँ नेपाली र अङ्ग्रेजी दुबै भाषाका साहित्यकार मानिनु हुन्छ । उहाँका तीन ओटा कृति प्रकाशित छन् । उहाँ नेपाल सरकारको भानुभक्त पुरस्कारका साथै त्रिमूर्ति पुरस्कारबाट सम्मानित भैसक्नु भएको छ ।
 

Comment

Related News