h

News

नेपालको कला र पुरातात्विक विषयलाई अन्तराष्ट्रिय जगतमा थप चिन्हाउने नेपालका गौरवः लैनसिंह वाङ्देल

news

 लैनसिंह वाङ्देलको जन्म १९८१ साल पुस ७ गते दार्जीलिङको तकभर चिया कमानमा भएको थियो । उनी रङ्गलाल र्राई र विमला र्राईका कान्छा छोरा थिए । रङ्गलाल र्राई भन्नु त्यहाँ सिकर्मीको काम गर्थे र पछि उनी चिया कमानको क्लर्क भए । साथै आमा विमला र्राईचाहिँ लैनसिंह जन्मेको डेढ वर्षा नै स्वर्गीय भइन् ।

वाङ्देल सानैदेखि जेहेन्दार थिए । उनले दार्जीलिङ हाइस्कुलमा पढे । म्याटि्रक पास गरेपछि उनले आफ्नो र्राई थरलाई वाङ्देलमा रूपान्तर गरे । त्यसपछि उनका बुबा रङ्गलालले पनि आफ्नो थर वाङ्देल लेख्न थाले र दाजु प्रेमसिंहले पनि त्यसै गरेका थिए ।
विद्यार्थी कालमा वाङ्देल गीत गाउँथे, नाच्थे, मुरली बजाउँथे, सङ्गीत गर्थे, चित्रकला पनि कोर्थे । उनी नाटक लेख्थे, निर्देशन गर्थे र आफू पनि खेल्थे । अनि नाटक हलमा राखिने पर्दामा पनि उनैले बुट्टा हाल्थे ।

म्याटि्रक पास गरेर वाङ्देल कोलकात्ताको गभर्नमेन्ट कलेज अफ आर्टस एन्ड क्रयाफ्टसमा पढ्न थाले । त्यहाँ उनले ६ वर्षपढे ।
कोलकात्तामा वाङ्देलका प्रिय साथी जेवी तामाङ थिए । तामाङकै भरथेक र संरक्षणमा उनी त्यहाँ बसे । तामाङसँगै बसेर वाङ्देलले 'मुलुक बाहिर' नाउँको उपन्यास लेखे । त्यसपछि उनी कलाकार र साहित्यकारमा बराबरी परिचित हुन थाले । त्यस बेला उनी चित्रकार र साहित्यकार भए तापनि उनको कला बिक्तैनथ्यो र साहित्यबाट पनि फुटिकौडी आम्दानी हुँदैनथ्यो । त्यसैले उनी कहिले तामाङका सौजन्यमा अघाएर सुत्थे र कहिले भोकै पनि सुत्थे । त्यसबेला उनीसँग जुत्ताचप्पल पनि हुँदैन्थ्यो र तामाङका फाटेका चप्पल लगाएर हिँड्थे । अनेक कष्ट खेप्तै उनले जैन निकेतनमा जागीर पाएका थिए । तर त्यहाँ उनी धेरै टिकेनन् । अनि जागिर खाने अभ्रि्रायले ओसीको सल्लाह र मद्धतमा उनले कमर्सियल आर्ट सिक्न थाले ।

फाइन आर्टसमा कलेज प्रथम भएका वाङ्देलले फेरि सस्ता चित्रकला बनाउने काम सिक्न थाले । ओसीकै मद्दतले उनले डीजे किमरमा जागिर पाए र मासिक साडे तीन सय रुपियाँ खान थाले । अनि जागीर खाएपछि उनले 'प्रभात' साहित्यिक पत्रिका आफ्नै सम्पादनमा प्रकाशन गर्न थालेका थिए ।

वाङ्देलले आफ्नो जागीरबाट कमाएको पैसा नाथ बैङ्कमा राख्थे । उनले पैसा राख्न थालेको वर्षदन नपुग्दै त्यो बैङ्कका मालिक बैंकमा रहेको सम्पर्ूण्ा पैसा गुटुमुटु पारेर मागेको थियो । त्यस घटनाले वाङ्देल रुनु रोएका थिए । त्यसबेलाको बेहोरा पछि उनले (नरेन्द्रराज प्रसाईलाई) भनेका थिए, 'मैले भोकभोकै जोडेको पैसा खाएर भाग्यो ।'

वाङ्देलको युरोप गएर उच्चस्तरीय कला अध्ययन गर्ने धोको थियो । त्यसैले उनी २००९ साल फागुन २ गते जलकीर्ति चढेर कोलकाताबाट युरोप लागे । कोलकाताबाट हिँडेको पैंतीसौं दिनमा उनी चढेको पानी जहाज बेलायत पुगेको थियो ।
लन्डनमा पुगेर वाङ्देलले र्सवप्रथम सेक्सपियरको नाटकसम्बन्धी एक महिने कोर्स पढे । उनी विभिन्न बहानामा साढे तीन महिना त्यहीँ अड्के । त्यसपछि उनी प|mान्सको पेरिस पुगे । पेरिसमा उनी इकोल द बोजार्टमा भर्ना भए । त्यसैबेला उनी पिकास्सोको घर पनि पुगे । त्यसैबेला उनले अलबर्ट कामुलाई पनि भेटेका थिए । अनि त्यही पढेताक उनले म्यानगगको चिहान पनि हेरेका थिए ।
पेरिसमा वाङ्देल सारै दुक्खले बसे । त्यहाँ पढेताका उनी मीठोमीठो खान पाउँदैन थिए । त्यसैले उनी बुलभार्ड मोपार्नासमा पुग्थे र मीठामीठा भोजनको गन्ध सुँघेर धीत मार्थे । त्यहाँ उनले आफूले बनाएका चित्रहरू पनि बेचे । तर हप्तौं हिँडेपछि मात्र मरितरि उनको एउटा चित्र बिक्थ्यो ।

वाङ्देलले पेरिसबाट कलाको ६ वर्षो कोर्स तुरे । वास्तवमा त्यस अवधिमा उनी जियोकोन्डाको मर्ूर्तिको सेरोफेरोले बाँचेका थिए । अनि त्यहीं उनले जागरि पनि पाएका थिए । त्यसैबेला नेपालका प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले प|mान्समा भएका नेपालीलाई पढ्न छात्रवृत्ति पठाएका थिए । जागिरभन्दा धेरै पैसा आउने छात्रवृत्ति उनैले नै पाए । अनि जागीर छाडेर उनी पुनः पढ्न थाले ।

वाङ्देल रसिक थिए । दार्जीलिङकी युम्पीदेखि देवकुमारीसमेत गरेर उनले झन्नै १५ जना युवतीसँग प्रीति गाँसेका थिए । उनका जीवनमा आएका स्त्रीहरूमध्ये कतिसँग उनले मानसिक भोग गरे र कतिसँग शारीरिक भोग पनि गरेका थिए । उनी आफ्नो गोजीमा चाँदीका औंठी बोक्थे र मन परेकी केटीका औलामा लगाइदिन्थे र भन्थे 'यो सधै लगाई राख है !' जतिसुकै केटीसँग उनको उठबस भए तापनि अन्ततः उनको जीवनयात्रामा अविरल सहयात्रीका रूपमा मानकुमारी थापा क्षत्रीले नै साथ दिइन् ।  यति हुँदाहुँदै पनि वाङ्देलका घरमा पछिसम्म केटीहरूका प्रेमपत्रहरू आइरहन्थ्यो । उनले पाएका प्रेमपत्र झन्नै एक बोरा जति थिए ।

२०१० साल वैशाख १९ गते पेरिसमा वाङ्देलको बिहे मानकुमारी क्षत्रीसँग भएको थियो । त्यस बेला मानकुमारी लन्डनको रोयल प|mी अस्पतालमा स्टाप नर्स थिइन् । वाङ्देलको जीवनभरि तिनै मानु वाङ्देल उनकी करुणाकी देवी, मायाकी खानी र भरोशाकी मुहान बनिन् । साथै यिनै देवीले वाङ्देलको उत्तराधिकारीका रूपमा डीना वाङ्देल पनि जन्माइन् ।

वाङ्देललाई नेपालमा ल्याउन राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइरालाको योगदान थियो । साथै वाङ्देलको व्यक्तित्व उचाईमा केशरशमशेरको पनि आड थियो ।
राजा महेन्द्रले वाङ्देललाई बोलाएपछि उनी २०१७ साल चैत ५ गते काठमाडौं भित्रिएका थिए । उनको काठमाडौंमा सबैभन्दा पहिला शङ्कर लामिछानेसँग भेट भएको थियो साथै सुरुसुरुमा उनीहरूलाई पाल्ने काम प्रगतिका सम्पादक नारायणप्रसाद वाँसकोटाले गरेका थिए । नेपाल आएको केही दिनमा नै वाङ्देल दम्पत्तिलाई राजा महेन्द्रले राजदरबार बोलाए । अनि उनले राजाबाट आफ्नी पत्नीसहितले काम पाउने आश्वासन पाएका थिए ।

२०१८ साल वैशाख २५ गते नेपाल प्रज्ञाप्रतिष्ठानले रवीन्द्रनाथ ठाकुरको शतवाषिर्की समारोहको आयोजना गरेको थियो । राजा महेन्द्रको हुकुमले त्यसबेला ठाकुरको चित्र वाङ्देलले नै बनाए । अनि राजाले त्यही चित्रको उद्घाटन गरेका थिए । त्यसैबेला राजासामु नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति बालचन्द्र शर्माले भाषणका क्रममा भनेका थिए, 'लक्ष्मीप्रसाद देवकोटाको निधनबाट रिक्त हुन आएको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा वाङ्देल मनोनीत हुनुभएको बेहोरा अवगत गराउँछु ।' पछि उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको उपकुलपति पनि भए र कुलपति पनि भए ।

राजाकै हुकुमले मानु वाङ्देललाई पनि प्रसुतिगृहमा भर्ना गरिएको थियो र केही समयपछि उनी त्यहाँकी मेट्रोन पनि भइन् ।
वाङ्देलका चारवटा उपन्यास, तीनवटा निबन्धसङ्ग्रह र एउटा विश्वका छ महान कलाकार नामक जीवनीकृति लेखे । साथै अनुदित र सम्पादित गरेर उनका तीन वटा कृति प्रकाशित भए । नेपाली र अङ्ग्रेजी भाषामा उनका नौ वटा पुरातात्विक कृतिहरू आविष्कार भए । उनी पुरातात्विक खोजका पनि औपचारिक व्यक्ति मानिन्थे ।

वाङ्देल अमूर्त कलाका नायक थिए । उनले जम्मा दुई हजार चित्र बनाए र तीमध्ये ८० प्रतिशत बिक्री गरे ।
वाङ्देलले गोर्खा दक्षिणबाहु, पृथ्वी प्रज्ञापुरस्कार, भूपाल पुरस्कार, उत्तम शान्ति पुरस्कार, सरस्वती पुरस्कारलगायत देशदेशान्तरबाट अनगिन्ति सम्मान र अभिनन्दन पाएका थिए ।

वाङ्देल नेपाल राष्ट्रका गौरव थिए । नेपालको कला र पुरातात्विक विषयलाई अन्तराष्ट्रिय जगतमा थप चिन्हाउने काम उनैले गरे । अनि वाङ्मयको सेवा गर्दागर्दै २०५९ असोज २९ गते उनी आफ्नै घर ललितपुरमा स्वर्गीय भए ।

Comment

Related News