h

News

चलचित्र भूपू लाहुरेको टिजर सार्वजनिक

2016-09-23

news

गुरूङ सोल्टीको प्रस्तुती नेपाली चलचित्र भूपू लाहुरेको टिजर सार्वजनिक भएको छ । भूपू लाहुरे र तिनका सन्तानका कथामा आधारित चलचित्रलाई एन्.जी. ईन्टरटेनमेन्टको ब्यानरले निर्माण गरेको हो ।

भूपू लाहुरेको रुपमा प्रेम सुब्बाले अभिनय गरेका छन् भने नयाँ प्रस्तुतीमा योगिता गुरूङ, रोमियन लिम्बु, शिशिर राई, अर्चना लिम्बु राई, राजन भण्डारी टुप्पे, बिबिसि नेपाली सेवाका पत्रकार सीता मादेमा र बाल कलाकार सिद्धार्थ श्रेष्ठको मुख्य अभिनय रहेको छ । नवीन गुरूङ लिखित एवं निर्देशित भूपू लाहुरेमा हङकङ्गका सार्जन्ट दिल कुमारी गुरूङ मैनाको मुख्य लगानी रहेको छ भने कालसिं राई र सम्शेर गुरूङ शम्भु चलचित्रका अन्य निर्माता हुन् ।

Comment

Related News